उदयपुुर । उदयुयरमा फरार सूचीमा रहेका एक ७४ वर्षिय वृद्ध पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिका–१० का लट्टे भनिने जगतबहादुर बुुढाथोकी पक्राउ परेका हुन् ।
उनलाई पुनरावेदन अदालत राजविराज सप्तरीको फैसला अनुसार गर्भपतन मुद्दामा २ वर्ष ११ महिना १० नि कैद तोकेको थियो ।

२०७१ बैसाख १७ गतेको फैसलापछि उनी फरार लिष्टमा परेका थिए । लुुकिछिपी त्रियुुगा नगरपालिका ३ मोतिगडामा बसिरहेको अवस्थमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत उदयपुर पठाइएर करागार चलान गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया