उदयपुर – उदयपुरको कटारी नगरपालिका १० पालिसिंहमा बोलेरो दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । ताप्ली गाउँपालिका रुपाटारबाट कटारी जाँदै गरेको प्र.२–०१–००१ च.००५० नम्बरको बोलेरो आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताप्ली गाउँपालिका १ बस्ने ६५ वर्षिय मिन बहादुर सार्की रहेको छ । उनको उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको हो ।
सोही दुर्घटनामा घाइते हुनेहरुमा सर्लाही लालबन्दी बस्ने ३० वर्षिय फडिन्द्र श्रेष्ठ, निज फडिन्द्र श्रेष्ठको छोरीहरु वर्ष ७ की भवानी श्रेष्ठ र वर्ष २ की भुमिका श्रेष्ठ घाइते भएका छन् ।
यस्तै ताप्ली गाउँपालिका ५ रुपाटार २३ वस्ने सुमित्रा गिरी र सोही गाउँपालिका ४ बस्ने ४५ वर्षिय झगड बहादुर विक घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी राकेश पोदारले जानकारी दिए ।
बोलेरो एक सय मिटर तल खसेको छ भने चालक ताप्ली गाउँपालिका ५ खानिडाँडा बस्ने वर्षिय ३२ ईश्वर नारायण श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय कटारीको नियन्त्रनमा रहेको र बोलेरो घट्ना स्थलमै रहेको प्रहरीले जनाएको छ ।









