उदयपुर – उदयपुरको बेलका नगरपालिका वडा नंं. ९ भचुवाका २७ वर्षिय बिनोद खत्रीले आफ्नै श्रीमतीको हत्या गरेका छन् । बिहिबार विहानको खानाखाई जंगलमा घाँस काट्न गएको समयमा श्रीमानले धारिलो हतियार खुकुरी प्रहार गरि श्रीमति २० वर्षिय युनिशा पौडेल खत्रीको हत्या गरेका हुन् ।
बेलका नगरपालिका वडा नंं ६ स्थित जाल्पा वाबुङ्ला रमिते सामुदायिक वनमा श्रीमतीको हत्या गरि ईलाका प्रहरी कार्यालय रामपुरमा खत्रीले आत्मसमपर्ण गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी राकेश कुमार पोदारले जानकारी दिनुभयो ।

श्रीमतीलाई आफ्नो घर भन्दा करिब ३ किलोमीटर टाढा रहेको सामुदायिक वन क्षेत्रमा लगि धारिलो हत्तियार प्रहार गरि हत्या गरिएको हो । हत्यामा प्रयोग भएको खुकुरी बेलका नगरपालिका ६ स्थित जमिन राईको बाँसघारीमा लुकाई रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । के कारणले हत्या गरेको भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

हत्यारा विरुद्ध अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको छ । उनीहरुको २ बर्षको छोरा समेत रहेको छ ।

तपाईको प्रतिक्रिया