उदयपुर – चोरीको आरोपा उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिका–११ गाईघाट स्थित मिनी मार्केट क्षेत्रबाट सोमबार दिउँसो एक युवक पक्राउ परेका छन । अमेरिकी डलर, भारु, युरोसहित खोटाङको दिक्तेल रुपाकोट मझुवागढी – १० पाथेका २१ वर्षीय सुजन गिरी पक्राउ परेका हुन् ।
मिनी मार्केटमा एक गिफ्ट पसलमा पेस्तोल पाईन्छ भन्दै सोधि हिँडेको सूचनाको आधारमा उनलाई प्रहरीले पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी राकेशकुमार पोदारले जानकारी दिए ।

केही दिनयता गाईघाटस्थित मेलिना होटेलमा बस्दै आएको खुल्न आएको छ । होटलमा खानतलासी गर्दा गिरी बस्ने कोठाबाट १ लाख ८५ हजार ४ सय १५ नेपाली रुपैयाँ, अमेरिकी डलर २ सय ९२, २ लाख ५९ हजार एक सय भारतीय रुपैयाँ र ८० युरो बरामद गरिएको छ ।

त्यसैगरी चाँदीको जस्तो देखिने सिक्री २ थान, चाँदीको जस्तो ब्रासलेट एक थान, सुन जस्तो देखिने पहेँलो धातुको औंठी १, एक थान घडी, आईप्रो किप्याड मोवाईल १ थान, इन्फिनिक्स र आईटियलको ठुलो मोवाईल २ थान, पावर ब्याङ्क १ थान, बुद्धचित्त ८० ओटा, सानो रुद्राक्ष माला १ थान र सि माला ४ थान समेत उनीबाट बरामद गरिएको डीएसपी पोदारले बताए ।

ती सामान गिरीले केही दिनअघि काठमाडौंको बौद्धबाट चोरी गरेको भन्ने खुल्न आएको उदयपुर प्रहरीले जनाएको छ । प्रहरी वृत्त बौद्धसँग समन्वय गरी पक्राउ परेका व्यक्ति र बरामद सामान काठमाडौं पठाइएको डीएसपी पोदारले बताए ।

तपाईको प्रतिक्रिया