उदयपुरमा आगलागीबाट तीन घर जले
उदयपुर / उदयपुरमा बुधबार आगलागीबाट तीन घर जलेर नष्ट भएको छ । जिल्लाको कटारी नगरपालिका ८ घुम्ती शिरिसेमा आगलागीबाट तीन घर जलेका छन् ।
आगलागीबाट ८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी अर्जुन रानाभाटले जानकारी दिए । उनका अनुसार स्थानीय कृष्णलाल श्रेष्ठ, दिलबहादुर श्रेष्ठ र मकर बहादुर श्रेष्ठको घर जलेर नष्ट भएको हो ।
कृष्णलाल श्रेष्ठको फुसको छाना भएको एकतले घर,...












