उदयपुर / उदयपुरको पश्चिमी पहाडी ताप्ली गाउँपालिकामा अवैध गाँजाखेती प्रहरीले नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव निरीक्षक गोविन्दलाल कर्णको नेतृत्वमा खटिएको ११ र शसस्त्र प्रहरीका १० जनाको प्रहरीको टोलीले गाजाँ फडानी गरी जलाएर नष्ट गरेको हो ।
यसै साता ताप्ली गाउँपालिका पुगेको टोलीले वडा नम्बर २ तामाखर्कमा ७ सय वोट, वडा नम्बर ५ रामपुर र थुम्कीमा १२०० वोट, वडा नम्बर १ पिपल भन्ज्याँगमा ११ सय ६५ वोट , बडा नम्बर २ को बाच्छाङ्ग, ओडारेमा २ हजार बोट, र वडा नम्बर १मा १ सय ५० वोट गरी जम्मा ५ हजार २ सय १५ बोट गाँजा फडानी गरी नष्ट गरिएको इलाका प्रहरी कार्यालय कटारीका निमित्त कार्यालय प्रमुख गोविन्द लाल कर्णले बताए ।
वरिपरीबाट तरकारी तथा अन्य वाली लगाएको र विचमा गाँजा खेती गरिएकोले अझै धेरै ठाँउमा गाजा खेती गरिएको हुन सक्नै भन्दै फडानी कार्य जारी रहने कर्णको भनाई छ । विगतमा समेत त्यस क्षेत्रमा व्यवसायिक रुपमै अवैध गाँजा खेति हुने भन्दै प्रहरीले नष्ट गर्दै आएको थियो ।
शसस्त्र द्वन्द कालदेखि नै उक्त क्षेत्रमा व्यापक रुपमा गाँजा खेति सुरु भएको थियो । विस्तारै प्रहरी प्रशासनको सकृयतामा अवैध गाँजा खेति नष्ट गर्दै अहिले न्युनिकरण हुँदै आएको हो । त्यस क्षेत्रमा रहेको अवैध गाँजा खेति अन्त्य गर्न जनचेतनामुलक कार्यक्रम गर्दै न्युनिकरण गरिने गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले बताए ।

तपाईको प्रतिक्रिया