उदयपुर / प्रदेश नम्बर १ स्तरीय लाखे प्रतियोगिताको उपाधी नेवा देय दवु चैनपुरले जितेको छ । गाईघाटमा आयोजित प्रदेश स्तरीय पहिलो उदयपुर खाना परिकार तथा लाखे महोत्सवमा लाखे प्रतियोगिताको उपाधी चैनपुरले चुमेको हो । जिल्ला होटल व्यवसायी संघ उदयपुर र झिगु नेवाः पुचको संयुक्त आयोजनामा पुस १ गतेबाट सूरु भएको महोत्सवको आठौ दिन लाखे प्रतियोगिता भएको थियो । उपाधी विजेता चैनपुरले ५१ हजार नगद सहित ट्रफि, मायाको चिनो र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा द्धितिय स्थान नेवा देय दवु म्याङ्गलुङ, तृतिय स्थान दिक्तेल सामाजिक गुठी र सान्तवना नेवा झिगु पुच गाईघाट र पासा खल धरानले प्राप्त गरे । द्धितियले ३१ हजार, तृतिय हुनेले २१ हजार र सान्तवनाले ११ हजार नगद पुरस्कार सहित ट्रफि, मायाको चिनो र प्रमाणपत्र प्राप्त गरे ।
जिल्लामा पहिलो पटक आयोजना गरिएको लाखे प्रतियोगितामामा स्थानीय र नेवार समुदायको उत्साहजनक उपस्थिती रहेको थियो । प्रदेश नम्बर १ का १५ वटा टिम सहभागी प्रतियोगितामा उदयपुरको ५ वटा, खोटाङको ४ वटा, मोरङको २ वटा र सुनसरी, भोजपुर, संखुवासभा, म्याङलुगको टिमले प्रतिस्पर्धा गरेको थिए । प्रतियोगिताको प्रथम पुरस्कार त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले व्यक्तीगत प्रायोजन गरेका थिए भने द्धितिय पुरस्कार कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठले पनि व्यक्तिगत रुपमा उपलब्ध गराएको आयोजक समितिका सदस्य दिनेश श्रेष्ठले जानकारी दिए । सदस्य दिनेश श्रेष्ठका अनुसार तृतीय पुरस्कार रोयल बुईपाका प्रोपाईटर लक्ष्मीनारायण श्रेष्ठले गरेका हुन भने सान्तवना पुरस्कारको प्रायोजन टाईसन सटिङ सुटिङ टेलर्सले र झिगु नेवा पुच नगर समिति गाईघाटले गरेको थियो ।









