उदयपुर / पूर्व विद्यार्थी समाज र त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाद्धारा संचालित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार भन्दा बढीले सेवा लिएका थिए । नोवेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोग त्रियुगा जनता बहुमुखी क्याम्पसमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा पुरुष ३ सय २७ र महिला ५ सय ६०, बालबालिका ६५, वृद्धवृद्धा ७२ र अपाङ्ग १० गरी १ हजार ५ जनाले स्वास्थ्य सेवा पाएका हुन् ।
पूर्व विद्यार्थी समाजद्वारा संचालित निःशुल्क स्वास्थ्य शिविरमा फिजिसियन तथा मुटु रोग, स्त्री तथा प्रजनन सम्बन्धि रोग, हाडजोर्नी र नशा सम्बन्धि रोग, नाक, कान घाँटी सम्बन्धि रोग, मानसकि सम्बन्धि रोग, छाला तथा यौन रोग, दन्त रोग, इ.सि.जी. ल्याब टेष्ट र यु.एस.जी. सेवा प्राप्त गरेको समाजका सदस्य महेश्वरी राईले बताईन ।


शिविरमा स्वास्थ्य परिक्षण गर्न आउनु भएकी ६० वर्षिय गीता भट्टराइले आफ्नै ठाउँमा आयोजना गरिएको शिविरमा चेक जाँच गराएर आफ्नो रोग पत्ता लगाएकोमा आफुलाई खुसी लागेको वताईन् । स्वास्थ्य शिविरमा उदयपुरको चार वटै नगरपालिका र चार वटै गाउँपालिकाको साथै छिमेकी जिल्ला खोटाङका विद्यार्थी, अभिभावक, बालवालिका र अपागङ्गता भएकाहरुले स्वास्थ्य जाँच गराएका थिए ।
प्रदेश नं. १ का प्रदेश सदस्य हिमाल कार्कीको प्रमुख आतिथ्यता रहेको थियो भने पूर्व विद्यार्थी समाजका अध्यक्ष दुर्गा थापा (स्वतिक) को अध्यक्षतामा स्वास्थ्य शिविर संचालन भएको थियो ।

तपाईको प्रतिक्रिया