डा. गोविन्द केसी मेडिकल कलेज स्थापनाको बारेमा अध्ययन गर्न गाईघाटमा
गाईघाट । स्वास्थ्य शिक्षा सुधारको माग राखेर अनसन बसेर चर्चित भएका डाक्टर गोविन्द केसी उदयपुरमा आउनु भएको छ । उदयपुरमा मेडिकल कलेज स्थापना गर्नका लागि सरकारले गरेको प्रयासहरुको बारेमा अध्ययन गर्न डा केसी उदयपुर आउनु भएको हो ।
डा केसी र नेपाल सरकार विच प्रदेश नम्बर १ को उदयपुर र ईलाममा मेडिकल कलेज स्थापन गर्ने सम्झौता भएको थियो । सरकारले आफू सँग गरेका सम्झौता अनुरुप मेडिकल कलेज स्थापना गर्नका लाग...













