ताप्ली गाउँपालिका केन्द्रमा इन्टरनेट सेवा संचालन
उदयपुर / उदयपुरको ताप्ली गाउँपालिकामा ईन्टरनेट सेवा बिस्तार भएको छ । गाउँपालिका ४ ठानागाउँमा राखिएको नेपाल टेलिकमको टावरमा रेडियो लिंक जडान गरी गाउँपालिकाको कार्यालयमा ईन्टरनेट सेवा सुचारु गरिएको हो ।
करिब १ लाख १५ हजारको लागतमा ठानागाउँको टावरबाट १५ किलोमिटरसम्म डाटा ट्रान्सफर हुने रेडियो लिंक र गाउँपालिका कार्यालयमा रिसिभर डिभाईस राखिएपछि ईन्टरनेट सेवा सुचारु भएको हो । रेडियो लिंक मार्फत इन्टरन...













