भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा अख्तियारको छापा

भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा अख्तियारको छापा
चितवन । भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाले छापा मारेको छ । अस्पतालका कर्मचारीले नै सामान ओसार्दै गरेको भिडियो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि अख्तियारले मंगलबार छापा मारेको हो । दिउँसो १ बजे अस्पताल प्रवेश गरेर अख्तियारको टोलीले अस्पताल र भरतपुर महानगरपालिकाका कर्मचारीलाई सोधपुछ गरेर आवश्यक अनुसन्धानका लागि कागजपत्र नियन्त्रणमा लिएको अ...

कोरोना संक्रमित क्षेत्र भुल्केमा थप ३३ जनाको स्वाव नमुना संकलन

कोरोना संक्रमित क्षेत्र भुल्केमा थप ३३ जनाको स्वाव नमुना संकलन
उदयपुर । कोरोना संक्रमण इपिसेन्टर बनेको त्रियुगा नगरपालिका ३ भुल्केमा थप ३३ जनाको थ्रोट स्वाव नमुना संकलन गरेको छ । यो सँगै त्रियुगा नगरपालिका भित्रमा तीन दिनमा १ सय २४ जनााको स्वाब संकलन गरेको छ । आइतबार ८३ जना, सोमबार ८ जना र मंगलबार ३३ जनाको स्वाब जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरबाट खटिएको स्वास्थ्यकर्मी टोलीले जिल्ला अस्पताल उदयपुरमा स्वाव नमुना संकलन गरेको हो । मंगलबार त्रियुगा नगरपालिका...

भारतले खारेज गर्‍यो चीनयाँ र्‍यापिट टेस्टिङ्ग किट

भारतले खारेज गर्‍यो चीनयाँ र्‍यापिट टेस्टिङ्ग किट
एजेन्सी । भारतले चीनबाट कोरोना भाइरसको र्‍यापिट टेस्टिङ्ग किट मगाउने सम्बन्धी अडर रद्द गरेको छ । भारतले चीनबाट पाँच लाख किट ल्याउनका लागि अडर दिएको थियो । तर किटको गुणस्तरमा प्रश्न गर्दै भारतले अडर रद्द गरेको हो । केन्द्र सरकारले विभिन्न राज्यमा पठाएका किट पनि फिर्ता मगाएको छ । यसरी फिर्ता मगाइएकामा संक्रमितको शरीरमा रहेको एन्टिबडी पत्ता लगाउने किटहरु हुन् । र्‍यापिट टेस्टिङ्ग किटबाट ३० मिनेट नति...

रौतहटमा थप २ जनामा देखियो कोरोना संक्रमण

रौतहटमा थप २ जनामा देखियो कोरोना संक्रमण
काठमाडौँ । रौतहटमा थप दुई जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा दुई जना पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । टेकुस्रोतका अनुसार अनुसार वृन्दावन नगरपालिका – ९ भुसहा र देवाही गोनाही नगरपालिका – १ का उनीहरुमा संक्रमण देखिएको हो । यसअघि उनीहरुको आरडीटी विधिबाट परीक्षण गर्दा एन्टीवडी पोजेटिभ देखिएको थियो । त्...

उदयपुरको कोरोना संक्रमित क्षेत्र भुल्केबाट थप ८ जनाको स्वाव नमुना संकलन

उदयपुरको कोरोना संक्रमित क्षेत्र भुल्केबाट थप ८ जनाको स्वाव नमुना संकलन
उदयपुर । कोरोना संक्रमणको इपिसेन्टरको रुपमा रहेको त्रियुगा नगरपालिका ३ स्थित भुल्केबाट थप आठ जनाको स्वाब संकलन गरिएको छ । २८ जना कोरोना संक्रमित भेटिएको स्थानमा छुटेका थप आठ जनाको स्वाब सोमबार संकलन गरिएको हो । आठ जनामध्ये पाँच जना संक्रमितहरुको सम्पर्कमा रहेका, एक जना तरकारी पसलवाला, सप्तरीबाट आएका एक जना र एक जना स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोह...

घरमा सुत्केरी श्रीमती, राहतको लागि श्रीमान वडा कार्यालयमा धर्ना

घरमा सुत्केरी श्रीमती, राहतको लागि श्रीमान वडा कार्यालयमा धर्ना
कास्की । पोखरा महानगरपालिका-९ बसपार्कसँगै जोडिएको छ कृष्ण टोल। अधिकांश सुकुम्वासी परिवार बस्ने कृष्ण टोलमा कोरोनाबाट प्रभावित मजदुर र विपन्नलाई राहतका लागि १९४ परिवारको नाम टोल विकास संस्थाले सङ्कलन गरेर वडामा पठायो तर राहत आयो जम्मा ५४ परिवारलाई मात्र।केहीको नागरिकता नभएको तथा कोहीलाई कागजपत्र पूरा नभएको भन्दै वडाले राहत दिएन। दैनिक ज्यालादारीमा काम गरेर साँझ बिहानको छाक टार्ने बस्तीका अधिकांशले...

झापामा थप एक जना कोरोना संक्रमित, देशभर संक्रमितको संख्या ५२ पुग्यो

झापामा थप एक जना कोरोना संक्रमित, देशभर संक्रमितको संख्या ५२ पुग्यो
काठमाडौँ । झापामा आइतबार एक जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार संक्रमित पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी अस्पतालको सम्पर्कमा रहेका छन्। यसअघि आइतबार नै पर्साको विरगन्जका ५० वर्षका दुई जना पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको थियो। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५२ ...

उदयपुरमा थप ८३ जनाको थ्रोट स्वाब नमूना संकलन

उदयपुरमा थप ८३ जनाको थ्रोट स्वाब नमूना संकलन
उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका ३ भुल्केमा २८ जनामा कोरोना संक्रमण देखिएपछि परीक्षणलाई थप तिव्रता दिइएको छ । आइतबार त्रियुगा नगरपालिकाको विभिन्न वडा तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी गरी ८३ जनाको थ्रोट स्वाब संकलन गरेको छ । जिल्ला अस्पतालमा गरिएको स्वाव नमूना संकलनमा १४ महिला सहित ८३ जनाको गरिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन प्रसाद सुवेदीले जानकारी दिए । त्रियुगा नगरपालिका ...

वीरगञ्जमा थप दुई जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ५१ पुग्यो

वीरगञ्जमा थप दुई जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ५१ पुग्यो
काठमाडौँ । वीरगञ्जका थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमित भएका दुई जना विरगञ्ज निवासी ५० बर्षीय पुरुषहरु छन् । उनीहरुलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ । त्यसअघि उनीहरुको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गरिएको थियो । यो संगै देशमा कुल संक्रमितको संख्या ५१ पुगेको छ । १२ जना अस्पतालबाट निको भए...

विश्वमा कोरोनाका कारण मर्नेको संख्या २ लाख पुग्यो

विश्वमा कोरोनाका कारण मर्नेको संख्या २ लाख पुग्यो
एजेन्सी । विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या शनिवार २ लाख पुगेको छ। यसैगरी रोयटर्समा प्रकाशित समाचारका अनुसार संक्रमित संख्या छिट्टै ३० लाख पुग्ने जनाएको छ। कोरोनाबाट ज्यान गुमाएका मध्ये आधा अमेरिका, इटाली र स्पेनबाट रहेका छन्। कोरोनाका कारण पहिलो मृत्यु जनवरी १० मा चीनको वुहानमा भएको थियो। त्यसपछि ९१ दिनमा त्यो संख्या १ लाख पुगेको थियो भने त्यसको १६ दिनमै २ लाख पुगेको रोयटर्सले जनाएक...