काठमाडौँ । वीरगञ्जका थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमित भएका दुई जना विरगञ्ज निवासी ५० बर्षीय पुरुषहरु छन् ।
उनीहरुलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ । त्यसअघि उनीहरुको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गरिएको थियो । यो संगै देशमा कुल संक्रमितको संख्या ५१ पुगेको छ ।
१२ जना अस्पतालबाट निको भएर डिस्चार्ज भइसकेका छन् । थप ४ जना आज डिस्चार्ज हुँदैछन् ।

तपाईको प्रतिक्रिया