एजेन्सी । भारतले चीनबाट कोरोना भाइरसको र्‍यापिट टेस्टिङ्ग किट मगाउने सम्बन्धी अडर रद्द गरेको छ । भारतले चीनबाट पाँच लाख किट ल्याउनका लागि अडर दिएको थियो । तर किटको गुणस्तरमा प्रश्न गर्दै भारतले अडर रद्द गरेको हो ।
केन्द्र सरकारले विभिन्न राज्यमा पठाएका किट पनि फिर्ता मगाएको छ । यसरी फिर्ता मगाइएकामा संक्रमितको शरीरमा रहेको एन्टिबडी पत्ता लगाउने किटहरु हुन् । र्‍यापिट टेस्टिङ्ग किटबाट ३० मिनेट नतिजा दिन्छ ।
तर यसको नतिजा शतप्रतिशत सही हुन्छ भन्ने छैन, सोही कारण वैज्ञानिकले यसको प्रयोगप्रति प्रश्न गर्ने गरेका छन् । भारतले चिनियाँ किटको प्रभावकारितामा नै प्रश्न गरे पनि चीनले भने त्यसलाई खारेज गरेको छ ।
भारतस्थित चिनियाँ दूतावासका प्रवक्ता जे रोङ्ग वक्तव्य जारी गरेर गुणस्तरमा कुनै सम्झौता नगरिएको बताएका छन् । केही व्यक्तिहरुले चिनियाँ उत्पादनलाई गुणस्तर नभएको भन्नु अनुचित र पूर्वाग्रही रहेको उनले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया