उदयपुर कोभिड अस्पतालबाट एकै पटक १३ जना कोरोनामुक्त भएर घर फर्किए (तस्विरसहित)
उदयपुर । जिल्लामा १३ जनाले कोरोनालाई पराजित गरेर मंगलबार दिउँसो घर फर्किएका छन् । चौदण्डीगढी नगरपालिका ६ स्थित सातघारे उदयपुर कोभिड विशेष अस्पतालमा उपचारत उनिहरुको लगातार दोस्रो रिपोर्ट पनि नगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । उदयपुरमा एकै पटक यति धेरै संख्यामा कोरोना संक्रमित निको भएको यो पहिलो पटक हो ।
डिस्चार्ज हुनेहरुमा १० वर्षिय बालिकादेखि ५३ वर्षका समेत रहेका छन् । कोरोना पराजित हुनेहरुमा त्र...












