उदयपुर । दुवै मृगौला फेल भएर पीडित बनेका अमित आलेमगरले भावुक हुँदै भन्छन्, मलाई बचाई दिनुस् ! २३ वर्षको उमेरमा नै दुवै मृगौला फेल भएपछि राम्रो खाने, लाउने उनको सपना माथि अहिले रोग पहाड बनेर उभिएको छ । तर, जीवन मरणको दोसादमा रहेका उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ ।
उनी हुन कटारी नगरपालिका ५ सिसाघारी निवासी २३ बर्षीय अमित आलेमगर । उनको दुवै मृगौला फेल भएपछि अहिले उनी जीवन मरणको दोसादमा बाँचिरहेका छन् । बुवा भक्त बहादुर आलेमगर र आमा हिरा माया आलेमगरको एक्लो छोरा हुन् । अमितको श्रीमति र एक छोरा पनि छन् ।
अमिललाई चैत्र ७ गते बारीमा काम गरिरहेको अवस्थामा एक्कासी ढाँड, कम्मर, टाउँको दुख्यो भनेपछि जण्डीस हो कि भनेर आर्युेदिक औषधि पनि दिइएको बुवा भक्तबहादुरले बताए । उनका अनुसार फेरी १०–१२ दिनपछि पुनः त्यस्तै भएपछि नजिककै स्वास्थ्य क्लिनिकमा लगेर जचाए । ‘क्लिनिकको डाक्टरको सल्लाह अनुसार छोरोलाई लिएर टिचिङ अस्पताल महराजगंज गए ।’, भक्तबहादुरले भने, ‘पछिल्लो समय उनले आँखा देख्न कठिन भएपछि अस्पताल चेक जाँच गर्न पुग्दा चिकित्सकले तपाईको छोरोको दुबै मृगौला फेल भएर एक्कासी प्रेसर बढेर आँखा देख्न समस्या भएको सल्लाह दिए पछि उनी आफू माथि सिङ्गो आकाश खसे जस्तो झसङ्ग भए ।’
चिकित्सकले दुबै मृगौला प्रत्यारोपण गरेपछि ठिक हुने सल्लाह दिएपछि अहिले पीडित परिवारले सबैसँग आर्थिक सहयोगको याचना गरिरहेका छन् । केही भएको पैसा पनि उपचारको क्रममा सकिएपछि अहिले आर्थिक अभावले उनको पिडालाई झन् बल्झाई रहेको छ । नयाँ जीवनको आशामा बाँचिरहेका पिडित अमितले सहयोगको लागि सबै सामु अपिल गरेका छन् ।
टिचिङ अस्पताल महाँराजगंज काठमाडौंमा उपचार गरिरहेका अमितको आर्थिक अवस्था निकै कमजोर भएकाले थप उपचारका लागि आर्थिक समस्या भएको हो । सामान्य परिवारमा जन्मिएका अमितले भर्खरै पढाई सकेर जागिर गर्न सुरू गरेका थिए । तर बिडम्बना दुबै मृगौला फेल भएपछि अहिले उनी अस्पतालको शैयामा छट्पट्टी रहेका छन् ।
अहिले शुरुवाती चरणमा रहेकोले खर्चको जोहो गर्न सके आफु बाँच्ने अमितले बताए । डाक्टरका अनुसार आमाको मृगौलासँग उनको मृगौला प्रत्यारोपण गर्न सक्ने भएपछि आफुलाई बचाई दिन अपिल गरेको छ ।
दुबै मृगौला प्रत्यारोपण गर्न तत्काल अस्पतालमा मात्रै डिपोजित गर्न ७ लाख आर्थिकको जोहो गर्न चिकित्सकले भनेका छन् तर यति ठूलो पैसा कहाँबाट कसरी ल्याउने उनका बाबुले छोराको ज्यान बचाई दिन सबैलाई आग्रह गरेका छन् । ‘घरमा अलि अलि भएको पैसा पढाउँदैमा सकियो अब त छोराले कमाउने भयो केही साहारा हुन्छ भन्ने बेलामा छोरालाई रोग लाग्यो । के गर्नु हामी गरिबका कहिले नै सुखका दिन आउने भएन गह भरि आँसु झार्दै आमा हिरामायाले भन्छिन् मेरो मृगौला मिल्यो, म आफ्नो मृगौला दिएर भएपनि छोरालाई बचाउँछु ।’ उनले छोराको उपचारका लागि सहयोग गर्न सबैसँग आग्रह गरेकी छिन् । परिवारले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन् ।
सहयोग गर्न चाहानु हुनेले अमितको मोवाईल नम्बर ९८०३३९६७३९, आमाको मोबाईल नम्बर ९८२३०६१४१६ र बुबाको मोवाइल नं.९८६०२५३१५४ मा फोन गर्न सक्नु हुने छ । साथै सहयोग गर्नेले राष्ट्रिय बाणिज्य बैंक बौद्ध काठमाडौं शाखाको खाता नं. १८८००००९५५१० मा आमा हिरामाया आलेमगर र दुर्गा खपाङ्गीको संयुक्त बचत खातामा सहयोग गर्न सकिनेछ ।









