उदयपुर । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको समयमा सुत्केरी र गर्भवती महिलालाई पोषणको अभाव हुन नदिन कटारी नगरपालिकाले गर्भवती र सुत्केरीलाई पोषिलो खानेकुरा वितरण गरेको छ । नगरपालिकाले पोषण कार्यक्रम अन्तर्गत पोषण सुधारका लागि नगरपालिका भित्र ५ सयलाई पोषिलो खानेकुरा वितरण गरेको हो । १० केजी चामल, २ केजी गेडागुडी, १ लिटर तेल, २ सय ग्राम ज्वानो, २ वटा साबुन, १ केजी नुन, आधा लिटर घ्यू, झोला र सेनिटरी प्याड वितरण गरिएको उप मेयर भीम कुमारी राउतले बताईन् ।उपमेयर राउतले नगर पालिकाका प्रत्येक वडामा पुगेर सुत्केरी र गर्भवती महिलालाई पोषण सामग्री वितरण गरेकी थिईन् । उपमेयरले भनिन “लकडाउनका कारण पोषिलो खानेकुराको अभाव हुन सक्ने भएकाले वितरण गरेका हौ ।” नगरले राहत वितरण गर्दा सुत्केरी र गर्भवती महिलालाई नसमेटे पछि बिशेष प्याकेज बनाएर गर्भवती र सुत्केरीलाई लक्षित गरेर मैले यो कार्यक्रम गरेको हुँ ।
नगरपालिकाको पोषण कार्यक्रम अन्तर्गत १३ लाखको बजेटमा २०७७ श्रावण मसान्तसम्म सुत्केरी हुनेले यो सुविधा पाएका छन ।

तपाईको प्रतिक्रिया