उदयपुर । उदयपुरको कटारी नगरपालिका २ सिमानपुरका आर्थिक अवस्था कमजोर भएकी सुत्केरी पार्वती धमलालाई नगरपालिकाले ३० हजार आर्थिक सहयोग दिएका छन । बच्चा हुनुभन्दा २ महिना अगावै बच्चा जन्मेपछि बच्चा पनि नरहेको पिडा र अशक्त आर्थिक अवस्था कमजोरलाई मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी) आफैले घरमै गएर नगद ३० हजार सहयोग दिएका छन् ।‘आर्थिक अवस्था कमजोर, सल्याक्रिया गरेकी महिलालाई पोषिलो खानेकुरा खानको लागि ३० हजारको चेक दिएको मेयर श्रेष्ठले बताए । ‘नगरबासी स्वस्थ्य रहेमात्रै नगरको विकास सम्भव छ । नगरबासी नै स्वस्थ्य रहदैन भने विकास सम्भव हुँदैन ।’ मेयर श्रेष्ठले भने, ‘हिस्टपुष्ट स्वस्थ्य नागरिक भए, आयआर्जन गरे, व्यपार व्यवसाय गरे मात्रै उसले नगरपालिकालाई बुझाउनु पर्ने कर बुझाउन सक्षम हुन्छ र नगर समृद्ध हुन् सक्छ ।’ उनले थपे, ‘नगरबासी नै स्वस्थ्य रहदैन भने नगरपालिकाको कसरी विकास सम्भव हुन्छ ।’
आर्थिक अवस्था कमजोर धमलाकी ८ महिनाको गर्भरहेका बेला रक्तस्राव भएपछि उपचारमा समस्या भएको थियो । उनको उत्तिमलाल मेमोरियल अस्पत्ताल प्रा.लि. सप्तरी कदमाहामा शल्यक्रिया गरिएको थियो । उपचारका क्रममा सो अस्पत्तालमा ८१ हजार खर्च भएकोमा अस्पत्तालले आर्थिक अवस्था कमजोर भएका कारण अस्पत्तालका डा.शुसिला सिंहले छुट दिएर ५५ हजार मात्रै लिएर उपचार गरिदिएको थियो ।
धमलाको अहिले अवस्था सामान्य बन्दै गएको छ । शल्यक्रिया गरेर शिशु निकालेपनि ३ दिनमै मृत्यु भएको थियो । ठूलो जोखिम मोलेर आमाको ज्यान बचाएको अस्पत्तालले जनाएको छ ।
रक्तस्राव भएपछि कटारी अस्पत्ताल ल्याईएकोमा अस्पत्तालले सामान्य उपचार पनि नगरेको विरामीको गुनासो छ । कटारी अस्पत्तालले सामान्य उपचार पनि नगरेपछि जिरोमाईल पुर्यार अस्पत्ताल भर्ना गरेपनि तत्काल शल्यक्रिया गर्नुपर्ने भएकाले विराटनगर लैजान आग्रह गरेको थियो । विराटनगर लैजाने अवस्था नभएपछि उनलाई कदमाहाको अस्पत्तालमा आग्रह गरी शल्यक्रिया गरिएको थियोे । श्रीमान ज्याला मजदुरी गर्ने र लकडाउनका कारण मजदुरी गर्न पनि नसकिरहेको अवस्थामा सामाजिक संञ्जालमा पत्रकार अभिमन्यु लामिछानेले सहयोगको आग्रह गरी मनकारी सहयोगीहरुबाट सहयोग जुटाई उनको उपचार गरिएको हो ।
यसै साता कटारी नगरपालिका – ५ , सिसाघारीका आर्थिक अवस्था कमजोर मृगौला पिडित २३ वर्षिय अमित आलेमगरको मृगौला प्रत्यारोपणका लागि कटारी नगर कार्यपालिकाको बैठकले १ लाख ५० हजार दिने निर्णय  गरेको छ ।
यस्तै यस अघिका दिनहरुमा पनि नगरपालिकाले आर्थिक अवस्था कमजोर, विपन्न तथा गम्भिर प्रकृतिका रोगीहरुलाई सहयोग गर्दै थियो ।

तपाईको प्रतिक्रिया