प्रदेश १ मा मंगलबार ९८ कोरोना संक्रमित थपिए
विराटनगर । प्रदेश नं. १ मा मंगलबार ९८ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च संख्या हो । मोरंग ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा मात्र मंगलबार ५० जनामा संक्रमण देखिएको छ । विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरंगको बुढीगंगामा १० पुरुष, बेलबारीमा १ पुरुष, सुनसरी...











