उदयपुरमा आगलागीबाट ३ लाख बराबरको क्षति
उदयपुर । उदयपुरमा आगलागी हुँदा ३ लाख बराबरको क्षति भएको छ । बेलका नगरपालिका २ स्थित चन्द्रपुर टप्पुमा भएको आगलागीमा करिव ३ लाख बराबरको क्षति भएको छ ।
सोमबार दिउसो १ः३० बजेको समयमा स्थानीय भुवन राईको घरमा अचानक विद्युतिय लाईन सर्ट भई आगलागि हुँदा निजको फुसको छाना भएको १ तले घर पूर्णरूपमा जलि नष्ट हुनुका साथै घरमा रहेको सुन र चादिका गरगहना, खाद्यान्न, लत्ता कपडा तथा भाँडा वर्तन समेत जलेर नष्ट हुँदा...













