उदयपुरमा आगलागीबाट तीन घर पुर्णरुपमा जलेर नष्ट
उदयपुर । उदयपुरमा तीन घरमा आगलागी हुँदा अन्दाजी १८ लाख ५० हजार बराबरको क्षति भएको छ । शुक्रबार दिउँसो साढे दुई बजेको समयमा कटारी नगरपालिका १० बेसी गाँउ बस्ने धन बहादुर सुनुवार, शेर बहादुर सुनुवार र विचारी सुनुवारको घरमा आगलागी हुँदा १८ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।
घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट धन बहादुर सुनार र उनका छोरा श...












