उदयपुर । उदयपुरमा तीन घरमा आगलागी हुँदा अन्दाजी १८ लाख ५० हजार बराबरको क्षति भएको छ । शुक्रबार दिउँसो साढे दुई बजेको समयमा कटारी नगरपालिका १० बेसी गाँउ बस्ने धन बहादुर सुनुवार, शेर बहादुर सुनुवार र विचारी सुनुवारको घरमा आगलागी हुँदा १८ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।
घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट धन बहादुर सुनार र उनका छोरा शेर बहादुर सुनुवारको ढुङ्गा माटोले बनेको फुसको छानो भएको दुई तल्ले दुई वटा घर, घरमा रहेको नगद, अन्नपात, लत्ताकपडा र ४० वटा बाख्रापाठा गरी अन्दाजी १० लाखको क्षति भएको छ ।
यस्तै बिचारी सुनुवारको ढुङ्गा माटोले बनेको फुसको छानो भएको दुई तल्ले, घरमा रहेको नगद,अन्नपात, लत्ताकपडा, किरानामा भभएको सामान, नगद, एउटा खशी समेत गरी आठ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयको सहयोगमा आगो बेलुका ५ः३० बजे नियन्त्रणमा आएको प्रहरीले बताए ।

तपाईको प्रतिक्रिया