फाइल तस्विर

उदयपुर ।  उदयपुरमा लागूऔषध सहित दुई जना विहिबार पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ५ दमौटीमा लागूऔषध सहित दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ का २१ वर्षिय सरोज घिमिरे र २९ वर्षिय देवराज तामाङलाई लागूऔषध सहित पक्राउ परेका हुन् । पक्राउ पर्नेको साथबाट डाईजेपाम २० एम्पुल, लुफिन २० एम्पुल, फेनार्गन २० एम्पुल र सिरिन्ज थान १(एक) को साथै स.२ प ६९३९ नम्बरको मोटर साइकल सहित पक्राउ परेको हो ।
लागू औषध प्रयोग कर्ता तथा ओसार पसार गर्नेहरुले हाइवेमा प्रहरी चेकिङमा पर्ने डरले रुट परिवर्तन गरेको हो । कदमाहा गाईघाट सडक खण्डमा कुनै पनि समय चेकिङ पर्ने डरले लागूऔषध प्रयोग कर्ता तथा ओसारपसारमा संलग्नहरुले रुट परिवर्तन गरेका हुन् ।

तपाईको प्रतिक्रिया