उदयपुर  । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले पहिलो प्राथमिकतामा कृषि, पर्यटन, जलश्रोत उर्जा र भौतिक पूर्वाधारलाई राखेर काम गरि राखेको बताए । मंगलबार प्रेस संगठन उदयपुरले नेपाल पत्रकार महासंघको कार्यलयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम मन्त्री कार्कीले यस्तो बताएका हुन ।
कुनै ईतिहास नभएको प्रदेश सरकार अनुभव गर्दै एक वर्ष बित्यो, कर्मचारी अभावकै कारण बजेट कार्यन्वयमा समस्या भएको बताएका छन् । मन्त्री कार्कीले प्रदेश १ सरकारले ल्याएका धेरै विकास निर्माणका योजनाहरु कर्मचारी अभावकै कारण कार्यान्वय चरणमा जान नसकेको दुखेसो गरे । हामी कर्मचारी माग्दै, तत्काल गर्नु पर्ने काम गरि रह्यो,’ उनले भने, प्रदेश सरकार नयाँ संरचना भएकाले जनताले चाहे अनुरुप काम गर्न सकेका छौंनौ ।
प्रदेश सरकारलाई दक्ष र अनुभवी कर्मचारी नदिदा काम गर्न समस्या भएको हो । पहिलो कार्यकाल भएका कारण अनुभवमै बित्यो, खासै उपलब्धी देखाउन सकिएन । हामीसँग कुनै पनि अनुभव पनि थिएन, सबै नयाँ संरचना बनाउँदै जानु पर्ने थियो, मन्त्री कार्कीले भने ।
प्रदेश सरकारले पहिलो प्राथमिकतामा कृषि, दोश्रो पर्यटन, तेश्रो जलश्रोत उर्जा र चौथो भौतिक पूर्वाधार बिकासलाई राखि योजना निर्माण हुदा गरेको मन्त्री कार्कीले जानकारी दिए । प्रदेश सरकारमा कर्मचारी अभावकै कारण बजेट कार्यान्वय कमजोर छ । आउँदो आर्थिक वर्षबाट प्रदेश सरकारले देखिने गरी काम गर्ने छ । प्रदेश सरकारको बजेट कार्यन्वयमा कमजोर भयो भन्ने कुरा उठि रहेको भन्दै मन्त्री कार्कीले पुन भने, ‘कर्मचारीको पुर्ण रुपमा अभावले समस्या देखिएको हो, हामीले सोचे अनुसार काम गर्न सकेनौं ।
फरक प्रशंगमा उदयपुर जिल्ला पुरानो बजार हो, यसलाई सुक्न नदिन प्रदेश सरकारको १५÷२० वटा कार्यालय आगामी आर्थिक वर्ष भित्रमा स्थापना गरि सक्ने उद्घोष गरे मन्त्री कार्कीले ।
त्यसैगरी प्रदेश एकको ४ वटा महत्वपूर्ण सामुदायिक क्याम्पसहरु मध्ये त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडालाई प्रदेशकै बिश्व बिद्यालय निर्माण गर्न तयारी भई रहेको जानकारी दिए । सो क्याम्पसको कार्यक्रममा मंगलवार मन्त्री कार्की गाईघाट आएका हुन् ।
नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति उदयपुरले पत्रकार महासंघको कार्यलयमा मिडिया सेन्टर बनाउन माग पत्र बुझाएको थियो । ‘पत्रकार महासंघ उदयपुरमा मिडिया सेन्टर निर्माणको लागि आर्थिक सहयोग प्रदेश सरकारसँग मागिएको छ,’ पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले भने ।
नेपाल पत्रकार महासंघ उदयपुर शाखाले पेश गरेको माग पत्र

तपाईको प्रतिक्रिया