उदयपुर । उदयपुरमा सडक दुर्घटना न्यूनिकरणका लागि १५ दिने महाअभियान शुक्रबारबाट सुरु भएको छ । जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा आयोजित महाअभियानको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले गरेका थिए ।
सदरमुकाम गाईघाटमा प्रभातफेरी आयोजनापछि त्रिनपा ३ स्थित त्रियुगा बसपार्कमा औपचारिक कार्यक्रमको आयोजना गरी अभियान सुरु भएको हो ।
कार्यक्रममा चालक र सहचालकको पहिचानका लागि तयार पारिएको पोशाक समेत वितरण गरिएको थियो । सोअवसरमा मेयर चौधरीले सडक यातायात सुरक्षा आफ्नै लागि भएकाले दायित्व बोध हुने गरी जिम्वेवारी वहन गर्न सुझाब दिए ।
उनले भने, ‘यात्रामा सवार ४०÷५० जनाको भविश्य मात्र हैन्, आफ्नो पनि जीन्दगीको सवाल छ, त्यसैले आफ्नो परिवार सम्झेर यात्रा गराउँदा सबैको भलो हुनेछ ।’ उनले अभियान सुरु गर्दैमा सबैथोक नभएपनि राम्रो कायमको थालनी शुभारम्भर भएको हुँदा चालक र सहचालकलाई व्यवहार र आचरणमा शुद्धता राख्न आग्रह गरे ।
सवारी साधन र परिचालकहरुलाई आफ्नो पेशा प्रति उत्तरदायी बनाई सडक सुशासन कायम गर्न अभियानको थालनी गरिएको कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीे बताए ।
झापाको विर्तामोडमा बिहीबार नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सवेन्द्र खनालबाट सुरुवात भएको महाअभियान १५ औं दिनका दिन सुनसरीको धरानमा सम्पन्न हुने छ । यसअवधिमा सडक दुर्घटना र यसबाट निम्तिन सक्ने खतरा, न्युनिकरणका उपाय, अनिवार्य पोसाक कार्यान्वय, जनचेतनामुलक कार्यक्रमहरु हुने जिल्ला प्रहरी कार्यालयका प्रुमख एसपी चन्द्रदेव राईले बताए ।
सार्वजानिक सवारी साधनका चालक तथा परिचालकहरुलाई मर्यादित, पहिचानयुक्त तथा आफ्नो पेसा प्रति सदैव उत्तरदायी एवं जवाफदेही बनाइ सडक सुशासन कायम गर्न पोसाक कार्यान्वयन तथा सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यका साथ प्रदेशनं १ का १४ जिल्लामा महाअभियान सुरु भएको हो ।




















