त्रियुगा नगरपालिकाद्वारा ऐलानी जग्गाको विवरण संकलन गर्न कार्यालय स्थापना
उदयपुर । त्रियुगा नगरपालिका भित्र रहेका सार्वजनिक तथा ऐलानी जग्गाको विवरण संकलन गर्न छुट्टै कार्यालय आइतबार स्थापना गरेको छ । त्रियुगा नगरपालिका १२ पुरानो गाईघाटमा ऐलानी जग्गाको विवरण संकलन तथा अभिलेखिकरण र ब्यवस्थापन समितिको कार्यालयको नगर प्रमुख बलदेव चौधरीले एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरेको हो ।
त्रियुगा नगरपालिका क्षेत्र भित्रका ६० प्रतिशत घर धुरी ऐलानी तथा सार्वजनिक जग्गामा बसोबास गर्...












