उदयपुर, पूर्वी नेपालकै चर्चित उदयपुरगढीमा नेपाली सेनाले झण्डा गाडेर सेना दिवस मनाएको छ । हिन्दुहरूको महाशिवरात्री तथा नेपाली सेना दिवसको अवसरमा उदयपुरगढी गाउँपालिकाको सहयोगमा सोमबार राष्ट्रिय झण्डा गाडेर सेना दिवस मनाएको हो ।
पृथ्वीनारायण शाहले नेपाल एककीकरण गर्दाको अभियानमा उदयपुरगढी राज्य कब्जा गर्दै पूर्व नेपालमा एकीकरण सुरुवात गरेको इतिहाँसत छ । त्यही भएकाले उदयपुरगढीमा सेनाले पहिलो पटक राष्ट्रिय झण्डा गाडेको नेपाली सेनाको १८ नम्वर भुल्के उदयपुरका बाहिनीका बाहिनीपति जर्नेल हिमान्सु खड्काले बताए । ‘आधुनिक नेपाल निर्माणको ऐतिहासिक स्थान भएकाले उदयपुरगढीमा रािष्ट्रय झण्डा गाडिएको हो’, उनले भने, ‘आधुनिक नेपाल एकीकरण यिनै गढीहरूबाट भएको इतिहास भएकाले इतिहासको संरक्षणका लागि सेना दिवसकै अवसर पारेर राष्ट्रिय झण्डा गाडिएको हो ।’ नेपाली सेना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमा विभिन्न स्थानीय तहका जनप्रतिनिधिको समेत सहभागिता थियो ।


लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुरमा राईले प्रदेश १ को ऐतिहासिक स्थान उदयपुरगढी भएकाले नेपाली सेनालेनै संरक्षण गर्नु पर्ने बताए । ‘अहिले आधुनिक नेपाल निर्माणको अभियान यस्तै गढीहरुबाट भएको हो’, उनले अंग्रेजबाट देशलाई जोगाउन पनि गढीहरूबाटै पूर्खाले युद्ध लडेको इतिहास छ ।’ यस्तै उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले इतिहासिक स्थल उदयपुरगढी नेपाल सरकारको १ सय १ पर्यटकीय गन्तव्यमा परेको बताए । ‘धार्मिक, प्रकृति तथा ऐतिहासिक रुपमा उदयपुरगढी चितपरित छ’, उनले भने, ‘यस गढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न तीनै तहका सरकार लागि परेका छौं ।’
समुन्द्री सतहबाट करिब १३ सय मिटरको उचाइमा अवस्थित छ । भौगोलिक रुपले केही बिकट भएता पनि प्रकृति रुपले रमणीय छ । स्थानीय बुद्धिजीवी बोधकुमार घिमिरेका अनुसार उदयपुर जिल्लाको नामकरणदेखि सदरमुकामसम्मको इतिहास उदयपुरगढीसँग जोडिएको छ । ‘झण्डै ५० दशकपछि सदरमुकाम रहेको ठाउँ हो,’ उनले भने, ‘स्थानीय तहको पुनः संरचनाले पुरानो सदरमुकाम रहेको पञ्चावती १ उदयपुरगढी र हाल उदयपुरगढी ५ मा गाउँपालिकाको केन्द्र अर्थात सदरमुकाम नै आइपुगेको छ ।’ उनका अनुसार राजा उदयसिंह नामका सेन वंश राजाले राज्य गरेको स्थान हो । पछि पृथ्वीनारायण शाहले आक्रमण गरेपछि उदयपुरगढी राज्य गोर्खा राज्यमा समावेश भएर अहिलेको नेपाल भएको हो ।


तपाईले छुटाउनु भयो कि ? यो पनि पढ्नुस्

उदयपुरगढी पर्यटनको नयाँ गन्तव्य घोषित, एक पल्ट पुग्नै पर्ने (तस्विरसहित)

तपाईको प्रतिक्रिया