राजेन्द्र महतो, लहान । सिरहामा ३५ क्युवि फुट अवैध काठ सशस्त्र प्रहरी बल गोलबजारले बरामद गरेको छ । गोलबजार नगरपालिका १० घुर्मी खोलाबाट अबैध रूपमा ल्याउदै गरेको साल जातको चिरान काठ सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प गोल बजारले बरामद गरेको छ ।
चुरे पहाडबाट अबैध रूपमा तस्करले काधमा बोकेर ल्याउदै गरेको सूचनाको आधारमा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प गोलबजारका सशस्त्र प्रहरी निरीक्षक गणेश दत पाण्डेको कमान्डमा खटिएको गस्ती टोलीले बेबारिसे चिरान काठ ६ थान ३५ क्युवी फुट सालको काठ बरामद गरेको थियो । सशस्त्र प्रहरीलाई देख्ने वितिकै तस्कर काठ छोडेर भागेको सशस्त्र प्रहरी जानकारी दिए । काठ डिभिजन वन कार्यालय लहानमा बुझाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया