उदयपुर । घरेलु तथा साना उद्योग विकास समिति उदयपुरका प्रमुख शम्भु प्रसाद साहले व्यक्तिगत स्वार्थ पुरा गर्न उद्यमीहरुलाई उचालेर घरेलु कार्यालयलाई जबरजस्ती विवादमा तान्न खोजिएको आरोप पत्रकार सम्मेलन आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा कार्यालय प्रमुख साहले घुमाउरो अर्थमा केही व्यक्ति र केही मिडियाकर्मीहरुले आफ्नो र परिवारको स्वार्थ पुरा गर्न उद्यमीहरुलाई उचालेर घरेलु कार्यालयलाई विवादमा ल्याउन खोजेको आरोप लगाए । आफ्नो कार्यालयको प्रतिष्ठा माथि आच आउने गरि विभिन्न मिडियामा समाचार प्रकाशन प्रशारण गरेको आरोप विज्ञप्तीमा लगाएको छ ।
बिज्ञप्तिमा गत हप्ता प्रकाशित स्थानीय पत्रिका तथा अनलाईन समाचार प्रति हाम्रो ध्यान आकर्षण भएको छ । ‘हरेक जिम्मेवार निकायको आ–आफ्नो मान प्रतिष्ठा रहेको हुन्छ’ बिज्ञप्तिमा भनिएको छ ‘आधार विहिन कुरा गरेर, गलत शब्द छनौट गरेर, कसैको व्यक्तिगत आचरणमा नराम्रो पार्नु आफैमा राम्रो हैन’ । समाचार लेख्ने पत्रकार र मिडियाको आचार सहिंता विपरित एक पक्षिय ढंगले समाचार सम्प्रेषण गरेको समेत आरोप लगाए । कार्यालय प्रमुख साहको विज्ञप्तीमा ‘सस्तो लोकप्रियता कमाउनको लागि आफ्नो दायरा नाघेर भ्रामक समाचार छाप्नु कसैको हित नहुने’ उल्लेख गरिएको छ ।
‘जुन उद्यमीलाई उचालेर समाचार बनाएको छ, सो उद्यमीले सोलारको व्याट्रीमा डिष्ट्रिल वाटर लगाउनुको सट्टा मिनरल वाटर लगाएर व्यट्री चार्ज नलिएको गुनासो कार्यालयमा आउँदा सोलार दिने भेन्डरसंग उद्यमीको व्याट्रीको मर्मत भई बुझाएको र व्याट्रीमा कुनै समस्या आएको खण्डमा अर्को व्याट्री दिने शर्तसहित कार्यालयमा गत पुस १३ गते विभिन्न सरोकारवालाहरुको रोहवरमा सम्झौता भएको विज्ञप्तीमा जनाएको छ । यस्तै अर्का उद्यमी कल्पना ठकुरीले लिएको आधुनिक बेसार पिस्ने मेसिन मेसिनको युजर म्यानुअल अनुसार मेसिन चलाउने प्रक्रियाको बारेमा कार्यासंग जानकारी नमागी, कुनै जानकारी वा कुनै गुनासो भए गुनासो नराखी अन्य व्यक्तिहरुको उक्साहट तथा लहै लहैमा मेडियामा आउनु उद्यमीको सरासर गलत भएको विज्ञप्तीमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा जारी बिज्ञप्ति


२०७५/९/१३ गते कार्यालय र सरोकारवाला विच भएको सम्झौता

 

तपाईको प्रतिक्रिया