राजेन्द्र महतो, लहान । सिरहामा अवैध सुपारी तस्करमा संलग्न पिक अप भ्यानका चालक सहित अन्य समान पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका जिरोमाइल–बरियारपाटि सडक खण्डबाट सुपारी तथा अन्य समानको साथै पिक अप जिप चालक सहित पक्राउ परेका छन् ।
बिशेष सूचनाको अधारमा भारत तर्फ अबैध रुपमा तस्कर भइरहेको सुपारी तथा अन्य समान सहित स.१ च. १५९८ नम्बर पिक अप गाडी पक्राउ परेको हो ।
उक्त गाडीमा सुपारी, अलैँची, मट्टीतेल, सोप तथा इन डो सुपारी लगायतका समानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।
पक्राउ गरेको गाडी तथा समानको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधब राज खरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया