उदयपुर । उदयपुर, खोटाङ, सोलुखुम्वु र ओखलढुंगा गरी ४ जिल्ला हेर्ने उच्च अदालत विराटनगरको अस्थायी इजलास अढाई वर्षयता ओखलढुंगा तोकिएको छ । पुनरावेदनका लागि नजिकैको उच्च अदालत छोडेर ओखलढुंगा इजलाससम्म पुग्नुपर्ने भएपछि उदयपुरे नागरिकलाई विभिन्न प्रकारका समस्या आइपरेका छन् ।
जोखिमपूर्ण सडकसाथै खर्चका हिसावले महँगो, धेरै समय लाग्ने वकिल समेत नपाउने समस्यामा उदयपुरका नागरिक परेका छन् । उदयपुरेलाई उच्च अदालतको सेवा लिन ओखलढुंगा धाउन खर्चिलो र सास्ती व्योहोर्नु परेको छ । ‘कुनै पनि उच्च अदालतको सेवा लिनु पर्यो भने, ’धेरै समस्याहरु व्योहोर्नु पर्छ,’ उदयपुरका निर्माण व्यवसायी सुमन्त कोइरालाले भने, ‘उदयपुरे जनताको लागि उच्च अदालतको सेवा महँगो भयो । यसमा उदयपुरले नेताले ध्यान दिनु पर्यो ।’ मुद्दाको चापका आधारमा तराई तथा सुगम जिल्लाहरूमा इजलासको व्यवस्था गर्न वा उच्च अदालत विराटनगरमै तोक्न उदयपुरका नागरिकले माग छ । पुन कोइरालाले भने, ‘उच्च अदालतको सेवा पाउन धेरै खर्चिलो भएको छ । भूगोलाई हेरेर उदयपुरले जनतालाई उच्च अदातलको सेवा दिनु पर्यो ।’
उदयपुरकी देविमाया कटुवालको पीडा पनि कोइरालाको जस्तै छ । उदयपुर, खोटाङ, सोलुखुम्वु र ओखलढुंगा जिल्ला अदालतका कुल मुद्दा मध्ये आधा भन्दा बढी मुद्दा उदयपुरबाट ओखलढुंगा पुग्छन् । ‘सिद्धिचरण लोकमार्ग भएर जानुपर्छ । सडक जोखिमपूर्ण छ’. उनले भनिन्, ‘वकिलहरू समेत उदयपुरबाटै लिएर जानुपर्छ । बस्न, खानाको लागि महँगो छ ।’

ओखलढुंगामा अहिले पुनरावेदनका ७० प्रतिशत मुद्दा उदयपुरबाट जाने गरेका छन् । मुद्दाको चापलाई नहेरी हचुवाका भरमा उच्च अदालतको इजलास ओखलढुंगा पुर्याएको भन्दै उदयपुरका वकिल तथा वार एशोसिएसनले आन्दोलन समेत गर्दै आएका थिए । उदयपुरवाट तीन घण्टामै बिराटनगर पुगेर उच्च अदालतको सेवा लिइ घर फर्कन सक्ने अवस्था हुँदाहुँदै इजलास ओखलढुंगा तोकिँदा दुई वर्षयता उदयपुरका सर्वसाधरणले सास्ती भोगिरहेका छन् । जसले गर्दा उदयपुरका नागरिकको समय, आर्थिक खर्च समेत बढ्ने गरेको छ ।

उदयपुर वकिल हिमाल खड्काले संघीयताको मर्मत र भावनाको कदर गरेर उदयपुरको लागि उच्च अदालतको इजालस विराटनगरनै भए धेरै राम्रो हुने बताए । ‘उच्च दालतको लागि हामीलाई संघीय संरचनामा विराटनगरनै सजिलो हुन्छ’, उनले भने, ‘ओखलढुंगामा इजालसमा जाने सवैभन्दा धेरै मुद्दा उदयपुरका छन् । भोगोलिक रुपमा विकटाले गर्दा समस्या भयो ।’ यसतर्फ सम्बन्धित निकायले तत्काल उचित निर्णय गुर्न सुझाव अर्का वलिक बैकुण्ठनाथ दाहालको भानइ छ । ‘संघीय संरचनाले उदयपुरे जनताको लागि उच्च अदालतको इजालस ओखलढुंगा पुर्याएको हो’ उनले भने,‘उदयपुरे जनताको लागि छिटो र छरिलो सेवा दिने हो भने विराटनगरतिरै भए धेरै राम्रो हुने थियो ।’
साविकको पुनरावेदन अदालत राजविराजबाट सहज रुपमा सेवा लिइरहेका थिए । एक घण्टाको सडक दुरीमा रहेको राजविराजलाई संघीयताले खारेज गरेको छ । जसको मार उदयपुरका सर्वसाधरणलाई परेको छ । ओखलढुंगा पुग्नुपर्दा सामान्य पेसीका लागि पनि कम्तिमा तीन दिन बस्नुका साथै खर्च समेत धेरै गर्नुपर्ने बाध्यता भएको उदयपुरका सेवाग्राहीको भनाइ छ । उदयपुरका नागरिकको समय, आर्थिक खर्च समेत बढ्ने गरेकोले इजालस ओखलढुंगाबाट अन्यत्र सार्न माग समेत गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया