त्रियुगा उवा संघमा विवादका विच ६ महिनामा १४ लाखको चेक काटियो, नविकरण वापत ४ लाख गायव
काबा अध्यक्ष रमेश विश्वकर्माको नाममा १ लाख ७२ हजारको चेक
संजीव श्रेष्ठको नाममा किन ४ लाख १८ हजारको चेक काटियो ?
उदयपुर । २०७८ असार २८ गते त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश विश्वकर्मा समूहले विधान विपरित अध्यक्ष गजेन्द्र कुमार भगतलाई कारबाही गरि तीन वर्षको लागि साधारण सदस्यबाट समेत निलम्बन गरेको निर्णय अहिले संघ नै खारेजीको अवस्थामा पुगेको छ । संघको विधान विपरित र...












