उदयपुरगढी । उदयपुरको उदयपुरगढी गाउँपालिकाले आफ्नो क्षेत्रमा व्यावसायिकरूपमा आलु खेती गराउन कृषकका खेतबारीको माटोको परीक्षण शिविर गरेको छ । गाउँपालिकाले प्रदेश १ को माटो तथा मल परिक्षण प्रयोगशाला झुम्का सुनसरीको आयोजनामा माटो परीक्षण शिविर सम्पन्न गरेको हो ।
उदयपुरगढी गाउँपालिका वडा नम्बर ४ ढुग्रेका कृषकहरु खुसीले गदगद भएकाछन । प्रदेश सरकारको माटो तथा मल परिक्षण प्रयोगशाला सुनसरीले गाँउमै पुगेर गरेको माटो परिक्षणमा आलु खेती गर्नका लागि उपर्युक्त माटो रहेको रिर्पोट दिएपछि उनीहरु हार्षित भएका हुन ।

माटो परिक्षण शिविरमा ६४ जना घर परिवारको माटोको नमुना परिक्षण गरिएको छ । माटो परिक्षण गर्नको लागि सुनसरीको झुम्का सम्म पुग्नु पथ्यो तर पालिकाको समन्वयमा गाउँमै प्रयोगशाला ल्याएर माटो परिक्षण गर्न पाउदा आफुहरु खुसी भएको कृषकहरु बताउछन ।

चिसो मौसम, मलिलो माटो भएको उक्त क्षेत्रमा आलु खेती गर्न सकिने भएकाले ढुग्रेका कृषक समूहहरुको माग अनुसार पालिका कृषी विकास शाखाले गाँउमै प्रयोगशाला ल्याएको कृषक समूहका अध्यक्ष अर्जुन आले मगर बताउछन ।

‘उदयपुरगढी गाउँपालिकाले आलु पकेट क्षेत्र कार्यक्रम संचालन गर्नका लागि माटोको अवस्था बुझ्न आवश्यक थियो, त्यही भएर माटो परिक्षण गरिएको हो ।’ कृषक समूहका अध्यक्ष आले मगर भन्छन ‘आधिकाशं स्थानको माटो आलु रोप्नको लागि माटोको गुणस्तर ठिक रहेको केही स्थानहरुमा चुन हाल्न सुझाव आएकाले कृषी प्राविधिकहरुको सुझाव अनुसार काम गर्नेछौ ।’

परिक्षण गरिएको माटो बलौटे दोमट र माटोमा नाईट्रोजनको मात्रा समेत प्रयाप्त रहेकाले आलुखेती गर्न राम्रो हुने कृषी प्राविधिकको सुझाव छ । माटो तथा मल प्रयोगशालाको मागमा आधारित नियमित कार्यक्रम अन्तरगत उदयपुरगढी गाउँपालिकाको माग गरेअनुसार माटो परिक्षण गरिएको माटो तथा मल प्रयोगशाला सुनसरीका प्राविधिक सहायक घनश्याम गेलाल बताउछन ।

माटो परिक्षण प्रयोगशाला सुनसरीले मोवाईल भ्यानबाट माटो परिक्षण घुम्ती सेवा दिने गरेता पनि मोवाईल भ्यान जान नसक्ने स्थानमा किटबाट माटो परिक्षण गरिएको कृषी प्राविधिक गेलालको भनाई छ ।

‘आलु खेती गर्न कृषकहरुले माटोको नमूना ल्याउनु भएको छ, त्यसमा पिएच चाही अधिकांशमा तथस्ट नै रहेकाले आलु खेती गर्न राम्रो माटो छ ।’ कृषी प्राविधिक गेलालले भने ‘पीएच बाहेक नाईट्रोजनको अवस्था मध्यम पोटासको मध्यम र फसफोरस पनि ठिक्क रहेकाले आलु खेती गर्न सिफारिस गर्दछु ।’

बालीनालीलाई हावापानी र मौसमले पनि प्रभाव पार्ने भएकाले आलु बाहेक चिसो मौसममा हुने अन्य बालीहरु लगाउदाँ हुने उनीहरुको सुझव छ ।

कृषकलाई मलको प्रयोग, मौसम अनुकूलका बाली तथा बाली लगाउने विधि जानकारी गराउने उद्देश्यले कृषकको जमीनको माटो परीक्षण गरिएको उदयपुरगढी गाउँपालिका कृषी शाख प्रमुख पारस मणी फुयलले बताए ।

‘उदयपुरगढी गाउँपालिकाले व्यवासयिक रुपमा कृषी तथा तरकारी खेतीलाई प्रबद्र्धन गर्नका लागि माटो परिक्षण गर्ने कार्य संम्भाव्यता अध्ययन हो ।’ प्रमुख फुयलले भने ‘ठुला विकासका आयोजना निर्माण गर्दा हामी डिपिआर गछौ त्यस्तै कृषिका कार्यक्रम संचालन गर्दा माटो परिक्षण एउटा डिपिआर नै हो ।’

व्यावसायिकरूपमा तरकारी खेती गर्न चाहने कृषकलाई माटो परीक्षणले ठूलो सहयोग पुग्ने विश्वास लिईएको छ ।

 

तपाईको प्रतिक्रिया