बेलका नगरपालिकामा १०८ क्युवी फुट काठ काटेको आरोपमा तीन जना पक्राउ

बेलका नगरपालिकामा १०८ क्युवी फुट काठ काटेको आरोपमा तीन जना पक्राउ
उदयपुर । उदयपुरको बेलका नगरपालिका ९ स्थित माछापुछ्रे सामुदायिक वनबाट अवैध सखुवा जातको काठ काटेको आरोपमा तीन जना पक्राउ परेको छ । प्राकृतिक स्रोत साधनहरुको अबैध रुपमा हुने चोरी निकासी नियन्त्रण गर्ने अभियान अन्तर्गत विहिबार करिव १ सय ८ क्युवी साल जातको काठ काटेको आरोपमा तीन जना पक्राउ परेको हो । बेलका नगरपालिका ९ कमलाबारी बस्ने ३० वर्षिय दिपेन्द्र राई र २२ वर्षिय राकेश राई र सोही नगरपालिका ४ गुरुङ...

उदयपुरमा खोलाले बगाएको व्यक्तिको शव भेटियो

उदयपुरमा खोलाले बगाएको व्यक्तिको शव भेटियो
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ७ ढप्पर स्थित माटेखारी खोलाले बुधबार बेलुका आएको बाढीले बगाएर वेपत्ता भएका व्यक्तिको शव फेला परेको छ । बेलका नगरपालिका ५ मैनीका ५७ वर्षीय चुमानसिंह मगरको शव बिहिवार विहान मृत अवस्थामा शव फेला परेको छ । खोजतलासको क्रममा मगरको शव लगभग ३ किलो मिटर तल भुल्के स्थित खोला किनारमा भेटिएको प्रहरीले जनाएको छ । मृतक मगर आफ्ना दाजुसँग चौदण्डीगढी नगरपालिका ८ स्थित वाईतु...

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु
राजेन्द्र महतो, लहान । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका-१ स्थित मेदनी पुल सडक खण्डमा मोटरसाइकल दुर्घटना एक नेपाली सेना जमदारको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ घर भइ सुनसरीको इटहरी- ४ बस्ने पेशल पाण्डे रहेका छ्न। पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका–१ स्थित मेदनी पुल सडक खण्डमा को.२२ प २९४४ नम्बरको आफैंले चलाएको मोटरसाइकल दुर्घटना भइ घाइते भएका थिए । घाइत...

उदयपुरमा खोलाले बगाएर एक वृद्धाको मृत्यु

उदयपुरमा खोलाले बगाएर एक वृद्धाको मृत्यु
उदयपुर । उदयपुरमा मंगलबार बेलुका खोलाले बगाएर एक वृद्धाको मृत्यु भएको छ । रौतामाई गाउँपालिका ७ की ६० वर्षिय तिलमाया पुलामी मगरलाई छौडिया खोलाले बगाएर मृत्यु भएको हो । मुर्कुची बजारदेखि घर तर्फ फर्कने क्रममा राती अन्दाजी ७ बजेको समयमा खोला तर्दा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका एसपी भिमबहादुर दाहालले बताए । उनको शव करिब एक किलो मिटर तल फेला परेको प्रहरीले जनाएको छ । अहिले जिल्लाका सम्पूर्ण ख...

एका विहानै ६ रिक्टर स्केलको भुकम्पको धक्का, केन्द्र विन्दु सिन्धुपाल्चोकको राम्चे

एका विहानै ६ रिक्टर स्केलको भुकम्पको धक्का, केन्द्र विन्दु सिन्धुपाल्चोकको राम्चे
काठमाडौं । बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । ५ बजेर १९ मिनेटमा गएको भूकम्पले सर्वसाधारणमा त्रास फैलिएको थियो । बिहान उठ्ने समयमा गएको भूकम्पमा सर्वसाधारण घर बाहिर निस्केका थिए । भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छै...

अतिविपन्न एक सय २० मुसहर परिवारलाई राहत

अतिविपन्न एक सय २० मुसहर परिवारलाई राहत
उदयपुर । उदयपुरमा अतिविपन्न एक सय २० मुसहर परिवारलाई राहत सामग्री वितरण गरिएको छ । युएनडिपी, युएनएफपिए, युएनओपिएस र युएन ओमन नेपाल कर्मचारी एशोसिएसनको सहयोग र अमुर्त एफ.एम प्रालिको संयोजनमा उदयपुरका एक सय २० महिला (परिवारलाई) मंगलबार राहात सामाग्री हस्ताणतरण गरिएको छ । त्रियुगा नगरपालिका ९ र १२ नं. वडाका गर्भवती, सुत्केरी, एकल महिला, अशक्त, दिर्घरोगी, सा-साना बालबालिका भएका एक सय २० जना परिवारलाई...

उदयपुरमा अशक्त महिलालाई करणी गरेको आरोपमा एक जना पक्राउ

उदयपुरमा अशक्त महिलालाई करणी गरेको आरोपमा एक जना पक्राउ
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १३ स्थित दनुवारी चौकमा बोल्न नसक्ने एक महिलालाई जवर्जस्ती करणी गरेको आरोपमा मंगलबार एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालका अनुसार त्रियुगा नपा १२ पुरानो गाईघाट बस्ने ४३ वर्षिय सूर्य विश्वकर्मा जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । अन्दाजी वर्ष २० की रसमाया परिवर्तित नाम बोल्न नसक्नेलाई मंगलबार...

उदयपुरमा श्रीमतिको टाउकोमा बन्चरो प्रहार गर्ने श्रीमान पक्राउ

उदयपुरमा श्रीमतिको टाउकोमा बन्चरो प्रहार गर्ने श्रीमान पक्राउ
उदयपुर । उदयपुरमा श्रीमतिको टाउकोमा बन्चरो प्रहार गर्ने श्रीमान पक्राउ परेको छ । त्रियुगा नगरपालिका ३ ठाडीका ४१ वर्षिय पारस सिंहले मंगलबार अन्दाजी ४ः३० बजेको समयमा श्रीमतिको टाउकोमा बन्चरो हानी गम्भिर घाइते बनाएको अभियोगमा पक्राउ परेको छ । घरायसी विवादले श्रीमान्ले ३१ वर्षिय श्रीमति मिना खत्रीको टाउकोमा बन्चरोले हानी गम्भिर बनाई घटनास्थलबाट फरार भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादु...

उदयपुरमा विषालु सर्पको टोकाइबाट ९ वर्षिय बालिकाको मृत्यु

उदयपुरमा विषालु सर्पको टोकाइबाट ९ वर्षिय बालिकाको मृत्यु
उदयपुर । कटारीमा विषालु सर्पको टोकाईबाट एक बालिकाको मुत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका ८ बड्मी बस्ने स्थानीय दिल बहादुर तामाङ्गकी ९ वर्षिया छोरी अस्मिता तामाङ्ग रहेको वडा अध्यक्ष कमल श्रेष्ठले जानकारी दिनु भयो । राती सुतेकै ठाउँमा उनलाई विषालु सर्पले टोकेको थियो । उनलाई सर्पले टोकेको उनका बुवा आमाले राती ३ बजे तिर थाहा पाएका थिए । विषालु सर्पले टोकेको उनलाई राती नै उपचारका लागि अस्पता...

बेलकामा थप एक जना कोरोना संक्रमित, उदयपुरमा संक्रमितको संख्या ११७ पुग्यो

बेलकामा थप एक जना कोरोना संक्रमित, उदयपुरमा संक्रमितको संख्या ११७ पुग्यो
उदयपुर । उदयपुरमा थप शनिबार जनामा कारोना संक्रमण पुष्टि भएको छ । बेलका नगरपालिका ९ बस्ने ३९ वर्षको पुरुष रहेका छन् । भदौं १५ गते भारतको दिल्लीबाट आएर क्वारेन्टाइनमा बसेका थिए । स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार उनको तीन दिनअघि स्वाव संकलन गरी परिक्षण भएको थियो । यो संगै उदयपुरमा कोरोना संक्रमित हुनेको संख्या १ सय १७ जना पुगेको छ । हालसम्म त्रियुगा नगरपालिकामा ६९ जना, बेलका...