काठमाडौं । सप्तरीको दौलतपुर–३ की दुई किशोरीलाई बुधबार सशस्त्र प्रहरीले सीमा नाकाबाट उद्धार ग¥यो। किशोरीलाई भारतमा बलि चढाउनका लागि मानव तस्कर गिरोहले सुनसरीको कोसी–३ भन्टाबारी हुँदै सीमा कटाउन लाग्दा प्रहरीले बचाउन सफल भएको हो। उनलाई प्रलोभनमा पारी फकाएर भारत लैजाँदै गरेका दुई युवतीसहित चार जनालाई प्रहरी पक्राउ गरेको छ। उद्दार गरिएकामा १९ र २२ वर्षकी दुई किशोरी रहेका छन् ।

भारततर्फ लैजाने कार्यमा संलग्न रहेको सप्तरी कृष्ण सवरन गाउँपालिका वडानम्बर ४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका नम्बर १९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै बलि दिनकै लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा असोज ५ गते सुनसरीको रामधुनी–५ की १७ वर्षीया किशोरीलाई भारतीय सीमाबाट प्रहरीले उद्धार ग¥यो। विराटनगर–१७ इस्लामपुरको बाटो हुँदै उनलाई एक गिरोहले बिक्री गर्न भारत लैजाँदै थियो।

उनलाई लैजाने युवकमाथि शंका लागेपछि उनले गाडीबाट हामफालेर आफूलाई बचाएकी थिइन्। त्यसपछि उनी साना हातहरू नामक संस्थाको सहारामा प्रहरीसम्म पुगिन्। उक्त घटनामा संलग्न तीन जनालाई प्रहरीले कारबाही थालेको छ।

काठमाडौंकी एक युवतीलाई मोडलिङका लागि भारत जानुपर्ने भन्दै एक समूहले २०७६ पुस महिनामा विराटनगर बोलायो। उनलाई जोगबनी नाका हुँदै बलि दिनकै लागि भारत लैजान खोज्ने ७ जना प्रहरीको फन्दामा परे। काठमाडौंको नयाँ बानेश्वरमा फेसन हाउस सञ्चालन गर्दै आएकी महिलाले मोडलिङका लागि ६ फिट हाइट भएकी युवती चाहिएको भन्दै उनीसँग कुरा गरेकी थिइन्।

तपाईको प्रतिक्रिया