उदयपुर । उदयपुरको बेलका नगरपालिकाका मेयर सहित ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेहरुमा ५४, ४२, ४०, ४३, २८ वर्षिय पुरुष र १८ वर्षिय युवती रहेका स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । उनीहरुको स्वाब प्रादेशिक प्रयोगशाला विराटनगरले संक्रमण पुष्टी गरेको हो ।
संक्रमित मध्ये बेलका नगरपालिकाका मेयर ५४ वर्षिय दुर्गा कुमार थापा (स्वस्तिक), ४२ वर्षिय चालक, ४० वर्षिय स्वास्थ्य कर्मी पनि संक्रमण पुष्टी भएको छ ।
यस्तै ४३ वर्षिय पुरुष नगरपालिकाका कर्मचारी र २८ वर्षिय पुरुष मेयरका सहयोगी अर्थात भान्से हुन भने १८ वर्षिय युवती मेयरका भान्जी हुन् । यस अघि मेयर थापाका बुबामा कोरोना संक्रमण पुष्टी  भएको थियो ।
यस अघि बेलका नगरपालिकामा वडाध्यक्ष सहित समुदायका एक दर्जन भन्दा बढीमा कोराना संक्रमण पुष्टी भएको थियो ।
बेलका नगरपालिकाका ६ जना कोरोना संक्रमण सहित उदयपुरमा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हालसम्म बेलका नगरपालिकामा ४०, त्रियुगा नगरपालिकामा ७०, कटारी नगरपालिकामा ७, चौदण्डीगढी नगरपालिकामा २ पुगेको छ ।
यस्तै उदयपुरगढी गाउँपालिकामा २ र ताप्ली गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा अहिलेसम्म कसैमा पनि कोरोना संक्रमण देखिएको छैन् ।

तपाईको प्रतिक्रिया