राजेन्द्र महतो, लहान । जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धी बाहेक सम्पूर्ण सेवा सोमबारदेखि  एक साताका लागि बन्द गरेको छ ।
कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गरेको हो।जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्लाा अधिकारी  प्रदीपराज कँणेलले  एक सूचना प्रकाशित गरी कार्यालयमा कार्यरत कर्मचारीमध्ये हालसम्म आठ जनामा कोरोना सङ्क्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शान्ति सुरक्षा र मुद्दासम्बन्धी बाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गरिएको जानकारी दिएका छन् ।
गत असोज १३ गते प्रशासन फाँटमा कार्यरत कर्मचारीमा सङ्क्रमण देखिएको र तीन प्रशासकीय अधिकृतको दरबन्दी रहेकामा एक जनामा सङ्क्रमण लक्षण र अन्य दुईसहित आठ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्न सोमबारदेखि असोज २४ गतेसम्मलाई अतिअवाश्यक बाहेकका सेवा बन्द रहने प्रजिअ कँणेलले बताएका छ्न ।
अतिआवश्यक नपरी सेवा लिन नजान, जानै परेमा दुई मिटरको दूरी कायम गरी, मास्क लगाएर, साबुनपानीले हात धोइ वा स्यानिटाइजार प्रयोग गरी आफू सुरक्षित हुने गरी अतिआवश्यक सेवा लिन प्रजिअ कँणेलले सबैसँग आग्रह गरेका छ्न ।

तपाईको प्रतिक्रिया