उदयपुरमा खोलाले बगाएको व्यक्तिको शव भेटियो
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ७ ढप्पर स्थित माटेखारी खोलाले बुधबार बेलुका आएको बाढीले बगाएर वेपत्ता भएका व्यक्तिको शव फेला परेको छ । बेलका नगरपालिका ५ मैनीका ५७ वर्षीय चुमानसिंह मगरको शव बिहिवार विहान मृत अवस्थामा शव फेला परेको छ ।
खोजतलासको क्रममा मगरको शव लगभग ३ किलो मिटर तल भुल्के स्थित खोला किनारमा भेटिएको प्रहरीले जनाएको छ ।
मृतक मगर आफ्ना दाजुसँग चौदण्डीगढी नगरपालिका ८ स्थित वाईतु...













