राजेन्द्र महतो, लहान । सिरहा सशस्त्र प्रहरीले मोटरसाइकलसहित १९ केजी प्रतिवन्धित लागु औषध गाँजा बरामद गरेको छ । सुखीपुर नगरपालिका–४ कविलासीको बनिनिया चोकबाट मंगलबार सशस्त्र प्रहरी सुखीपुरको टोलीले मोटरसाइकलसहित १९ किलो गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प सुखीपुरका सशस्त्र प्रहरी नायव निरीक्षक विदेशराज ग्राङ्जा मगरको कमाण्डमा खटिएको गस्ती टोलीले बनिनिया चोकमा चेक जाँच गर्ने क्रममा को. २९ प १४८७ नम्बरको मोटरसाइकलसहित १९ किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी नायव निरीक्षक विदेशराज ग्राङ्जा मगरले बताए । बनिनिया चोकमा चेकजाँचको क्रममा उत्तरबाट दक्षिणतिर जाँदै गरेको मोटरसाइकल चढेका एक जना फरार भएपछि मोटरसाइकल र गाँजा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
गाँजा र मोटरसाइकल प्रहरी चौकी सिलोर्वा पछवारीमा बुझाइएको छ । भागेका व्यक्तिको खाजि भईरहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको मोटरसाइकल कसको हो भन्ने तत्कालै खुलिसकेको छैन ।

तपाईको प्रतिक्रिया