उदयपुर । उदयपुरका बेलका नगरपालिकाका मेयर दुर्गा थापा (स्वस्तिक) को बुबालाई कोरोना संक्रमण पुष्टी भएको छ । दम्भका विरामी रहेका ८२ वर्षिय मेयर थापाका बुबालाई विपी कोइराला विज्ञान प्रतिष्ठान धरानले कोरोना संक्रमण पुष्टी गरेको हो ।
स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बेलका नगरपालिकाका मेयर दुर्गा थापाको बुबालाई कोरोना संक्रमण भएको जानकारी आएको बताए । उनका अनुसार स्वास प्रस्वासमा समस्या भएपछि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान उपचार गर्न लगिएको थियो । उनलाई धरान अस्पतालले कोरोना संक्रमण पुष्टी गरेको बताए ।
बेलका नगरपालिकाका प्रमुख कमल चौधरीका अनुसार स्वास प्रश्वासमा समस्या भएपछि रामपुरको स्वास्थ्य चौकीमा उपचार गरेर बाहिर रिफर गरिएकोमा विपी कोइराला विज्ञान प्रतिष्ठान धरानले कोरोना संक्रमण पुष्टी गरेको बताए ।
बेलका नगरपालिकाका प्रमुख थापाको बुबालाई कोरोना संक्रमण पुष्टी गरेसँगै बेलका नगर प्रमुखको सचिवालय तथा प्रेस संयोजकको कार्यालयले फेसबुकमार्फत ‘विशेष परिस्थितिका कारण बेलका नगरपालिकाका मेयर श्री दुर्गा कुमार थापा ‘स्वस्ती’ ज्यु र मेयर ज्युको सचिवालयबाट हुने भेटघाट लगायतका नियमित कार्यक्रम तत्काल अर्को सुचना नभईन्जेल सम्मका लागि स्थगन गरिएको छ ।’’ जनाएको छ ।

यस अघि पनि बेलका नगरपालिकामा सामुदाय मै कोरोना संक्रमण पुष्टी भएको छ । बेलका नगरपालिकामा समुदायका एक वडाध्यक्ष सहित दर्जन बढीमा कोरोना संक्रमण पुष्टी भएको छ ।

तपाईको प्रतिक्रिया