राजेन्द्र महतो, लहान । सिरहाको मिर्चैया नगरपालिका -६ कटारी चौक स्थित होलिडे होटलबाट आठ जना जुवाडेलाई पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाको प्रहरी टोलीले होटेलमा जुवा खेलिरहेको अवस्थामा केही थान तासको सेट र नगद एक लाख पाँच हजारसहित आठ जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका आठै जना माथि कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालयका डिएसपी सन्तुलाल जैसवालले बताएका छन।
चाड पर्व नजिकिएसँगै जुवा खेल्ने क्रम बढ्ने भएकाले प्रहरीले मिर्चैयाको विभिन्न होटल तथा लजमा निगरानी बढाएको छ ।
होलिडे होटलमा यौन ब्यापार पनि हुने गरेको स्थानीयहरूको गुनासो गुनासो छ ।









