उदयपुर । उदयपुरका जिल्ला समन्वय समिति प्रमुखलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । दुई दिन अगाडी स्वाब दिएका जिल्ला समन्वय समितिका प्रमुख ४२ वर्षिय खड्ग बहादुर परियार (दर्लान)लाई कोरोना संक्रमण पुष्टी भएको हो । बेलकाका मेयरलाई कोरोना संक्रमण पुष्टी भएपछि परियारले पनि जिल्ला अस्पताल उदयपुरमा स्वाब दिएका थिए । स्वाब परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको थियो ।
आमा विरामी भएर विराटनगर १२ गतेदेखि १६ गतेसम्ममा बसाई थियो भने बेलका नगरपालिकामा आयुर्वेदको औषधि दिन केही दिन अगाडी मेयर दुर्गा कुमार थापासँगै सुपारेदेखि गुरुङ चौरीसम्म सम्म गएका थिए । उनका अनुसार आफुलाई कहाँ संक्रमण भएको भन्ने यकिन भन्न नसक्ने बताए ।
कोरोना संक्रमण पुष्टी भएसँगै उनलाई उदयपुर कोभिड-१९ अस्पताल बेल्टार पठाउने तयारी भईरहेको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
बेलका नगरपालिकाका मेयर सहित ६ जनामा कोराना संक्रमण देखिएपछि थप २१ पुरुष र ८ जना महिला गरी २९ जनाको स्वाब संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर परिक्षणको लागि पठाईएको छ । संकलित स्वाबको रिर्पोट आई पुगेको छैन् ।
उदयपुरमा कोरोना संक्रमितको संख्या १ सय २५ पुगेको छ । सुपारेदेखि गुरुङ चौरीसम्म गएका थिए ।









