उदयपुरमा लागूऔषध गाँजा सहित ५ जना पक्राउ
उदयपुर । उदयपुरमा लागूऔषध गाँजा सहित ५ जना पक्राउ परेको छ । अबैध लागु औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत चौदण्डीगढी नगरपालिका १० देबधारमा अवैध गाँजा विक्री वितरण भईरहेको सूचनाका आधारमा १ केजी ३ सय ६५ ग्राम गाँजा सहित ५ जना पक्राउ परेको हो ।पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका १० बस्नेका ७२ वर्षिय वृद्धा सबुरलाल चौधरी, सोही पालिका वडा नं. ९ बस्ने २७ वर्षिय सुरेन्द्र दनुवार, सोही वडा बस्ने १९ वर्षिय...













