सुनसरी । सुनसरीमा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ करमखोला पुलमा मंगलबार बिहान सवा ८ बजे प्रदेश १-०२-०४० प ५२९६ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएका स्थानीय ५५ बर्षीय धन बहादुर कार्कीको उपचारको क्रममा बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाईकल ईलाका प्रहरी कार्यालय चतराले नियन्त्रणमा लिएको छ भने घाईते मोटरसाईकल चालकको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी सुनसरीकै हरिनगररा गाउँपालिका-३ मा मंगलबार नै बिहान साँढे ९ बजे को २ त ९५८९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह चालक रामधुनी-१ का मनोज श्रेष्ठको मृत्यु भएको छ । गौतमपुरमा निर्माणाधिन सडकको लागी पानी बोकेर जाँदै गरेको उक्त ट्याक्टर आफै अनियन्त्रीत भई बिजुलीको पोलमा ठोक्किदा घाईते भएका सह-चालक श्रेष्ठको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया