उदयपुर । जिल्ला अदालत उदयपुरले ७ वर्ष कैद सजाय सुनाईएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
०६६ जेठ १४ गते जवरजस्ति करणी मुद्धामा कैद सजाय सुनाईएका चौदण्डीगढी नगरपालिका ९ हडियाका ४६ वर्षीय नारायणबहादुर राउतलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारको प्रहरी टोलीले लुकीछिपी बस्दै आएको गोप्य सूचनाको आधारमा उनकै घरबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।
प्रतिवादी राउतलाई पैmसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।









