उदयपुर । उदयपुरका दुई कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका २ का ४२ वर्षिय पुरुष र त्रियुगा नगरपालिका ४ सालघारीका २१ वर्षिय पुरुष रहेका छन् ।
उच्च ज्वरो आएपछि उनी गत कात्तिक १४ गते चेकजाँचको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका थिए । निमुनियाले ग्रासित उनलाई कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि गरेको थियो । अन्य रोग केही नभएपनि मंगललबार दिउँसो १२ः३० बजे मृत्यु भएको हो । मृतक नेकपा चौदण्डीगढी नगर कमिटी सचिवालय सदस्य हुन् ।
यस्तै मंगलबार नै त्रियुगा नगरपालिका ४ सालघारी बगहाका २१ वर्षिय युवकको उपचारको क्रममा नोवेल हस्पिटल विराटनगरमा मृत्यु भएको छ ।
स्वासप्रश्वासमा समस्या भएपछि घरमै बेहोस भएका युवकको उपचारको लागि नोवेल हस्पिटल भर्ना गरिएको थियो । कोरोना संक्रमणले समस्या भएपछि उनलाई कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो ।
मृतकको करिव ३ वर्षदेखि दुवै मृगौला खराब भएर डाइलिसिस गराई रहेका थिए ।









