उदयपुर । उदयपुरमा विभिन्न ठाउँमा विधुत सर्ट भई आगलागी हुँदा करिव ८० लाख ५० हजार बराबरको क्षति भएको छ ।उदयपुरमा विभिन्न ठाउँमा विधुत सर्ट भई आगलागी हुँदा करिव ८० लाख ५० हजार बराबरको क्षति भएको छ । बेलका नगरपालिका ८ र त्रियुगा नगरपालिका १० मा विधुत सर्ट भई आगलागी भएको हो ।
बुधबार करिव १० बजे बेलका नगरपालिका ८ सप्तकोशी नयाँ पुल कोठुमा विधुत सर्ट भई आगलागी हुँदा दुई वटा घर पूर्णरुपले जलेर नष्ट भएको छ ।
बेलका नगरपालिका ८ बस्ने गान्दिप राई र बेलका नगरपालिका ६ बस्ने बुद्ध राईको जस्तापाताको एउटै छाना मुनि रहेको ईंटा सिमेन्टले बनेको घरहरु पूर्ण रुपमा जली नष्ट हुँदा करिव ६० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।
गान्दिपको घरमा सुनसरी बराहक्षेत्र नगरपालिका २ बस्ने देवी गिरीले संचालन गरेको गन्तव्य होटलको फर्निचर, जिन्सी सरसामान, पेय पदार्थ, खाद्यान्न, लत्ता कपडा, भाडावर्तन पूर्ण रुपमा जली नष्ट हुँदा करिव १० लाख ५० हजारको सामग्री नष्ट भएको प्रहरीले जनाएको छ ।
यस्तै बुद्ध राईको घरमा सोही ठाउँका खड्क सिंह राईको स्टेशनरी पसलका सम्पूर्ण सामान, फर्निचर लगायत पूर्ण रुपमा जली नष्ट हुँदा ७ लाख बराबरको सामान नष्ट भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रामपुरबााट खटिएको प्रहरी टोली, दमकल र स्थानीय मानिसहरुको सहयोगमा राति १२ः४५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
यस्तै विहिबार दिउँसो १ः३० बजेको समयमा त्रियुगा नगरपालिका १० मिलन चौक वस्ने जसजित सुयलको काठले बनेको, टाटी बेरा लगाएको , फुसको छानो भएको १ तल्ले घरमा विधुत्त सट भई अचानक आगलागी हँुदा करिव ३ लाख बराबरको क्षति भएको छ ।
घरमा रहेको लत्ता कपडा, भाडावर्तन, अन्न पात, नगद ८० हजार, ५ आना सुन, ७ तोला चाँदी पुर्ण रुपमा जलि नष्ट भएको प्रहरीले जनाएको छ । आगो स्थानीयबासी, नेपाल प्रहरी र दमकलको सहयोगमा करिव २ः४५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।









