उदयपुर । उदयपुरका एक कोरोना संक्रमित युवकको मंगलबार विहान मृत्यु भएको छ । त्रियुगा नगरपालिका ४ सालघारी बगहाका २१ वर्षिय युवकको उपचारको क्रममा नोवेल हस्पिटल विराटनगरमा मृत्यु भएको हो ।
केही दिन अघि स्वासप्रश्वासमा समस्या भएपछि घरमै बेहोस भएका युवकको उपचारको लागि नोवेल हस्पिटल भर्ना गरिएको थियो । कोरोना संक्रमणले समस्या भएपछि उनलाई कात्तिक २२ गते अस्पताल भर्ना गरिएको र उपचारको क्रममा ती युवकको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
मृतकको करिव ३ वर्षदेखि दुवै मृगौला खराब भएर डाइलिसिस गराई रहेका थिए ।
यस्तै सोमबार त्रियुगा नगरपालिकाका उपमेयरका चालक सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ३८, ३१, ४१ र ३५ वर्षिय पुरुष र ४६ र ३३ वर्षिय महिला रहेका छन् ।
यस्तै एक जना त्रियुगा नगरपालिकाका सरसफाई कर्मी हुन भने बाँकी ४ जना इन्स्युरेन्समा काम गर्ने विमा अभिकर्ता हुन् ।









