उदयपुर । उदयपुरमा अवैध चिरान काठसहित एक जनालाई प्रहरीले मंगलबार राति ९ बजे पक्राउ परेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका ९ खोरिया टोलका शशी थापा मगरलाई ९ थान बटम चिरान काठसहित पक्राउ गरिएको हो ।
मगरलाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीको मोवाईल गस्ति टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।
माछापुछ्रे सामूदायिक वनक्षेत्रबाट ७ फुटे ४र३ ईञ्चको बटमसहित नियन्त्रन्णमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मगरलाई आवश्यक कानूनी कारवाहीको लागि सव डिभिजन वन कार्यालय बेलका स्थित मैनामैनी पठाएको प्रहरीले जनाएको छ ।









