उदयपुर गाईघाटकी कोरोना संक्रमित महिलाको मृत्यु
उदयपुर । उदयपुरकी एक कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ । त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको छ ।
कोरोना पुष्टि भएपछि वृद्धालाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको थियो । उनको सोमबार बिहान ६ बजे मृत्यु भएको हो ।
पारिवारिक श्रोतका अनुसार महिला लामो समयदेखि दिर्घरोगी रहेको बुझिएको छ । यस्...











