उदयपुर । उदयपुरका एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ३ बस्ने ३२ वर्षिय महिलाको आइतबार साँझ ६ बजेर ३० मिनेटमा उपचारको क्रममा म्याक्स अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
थाइराइटका विरामी समेत रहेकी उनको कुनै सन्तान थिएनन । सन्तान नभएपछि राजश्वला नियमित गराउनका लागि ओरियन्टल हर्वल आयुर्वेदिक औषधि सेवन गरिरहेकी थिईन् । जसले रक्तश्राव दैनिकी रुपमा जाँदै गर्दा उनी कमजोर हुँदै गएकी नागरिक बहससँग मृतकका दिदी रोजिनाले बताईन् । औषधिले पाठेघर सफा हुन्छ भन्दै उनले नियमित ३ महिना १६ दिनसम्म लगातार खाएकी थिईन् । पारिवारिक स्रोतका अनुसार यो औषधि नेटवर्क मार्केटिङ्ग मार्फत खाएकी थिईन् ।
ओरियन्ट हर्वल औषधिले रक्तश्राव नरोकिएपछि कात्तिक २१ गते त्रियुगा हस्पिटल गाईघाटमा उपचारको लागि लगिएको दिदीले बताईन् । शरिरमा रगतको कमीले त्रियुगा हस्पिटलले ३ दिन पछि जिल्ला अस्पताल बोक्से पठाएपनि हस्पिटलले भर्ना लिएनन् ।
त्यसपछि घर फर्काएर लिएर आएकी महिलाको कात्तिक २८ गते कोशी अस्पताल विराटनगर लगिएकोमा बेड खाली नभएको भन्दै फर्काएको थियो । कोशी अस्पतालले फर्कापछि नोवेल शिक्षण अस्पताल विराटनगरमा भर्ना भएकी थिईन् । त्यसै दिन उनको कोरोना रिपोर्ट पोजिटिभ आएपछि उपचार बेड नभएपछि घर फर्काएर लिएर आएको नागरिक बहससँग मृतकका दिदीले बताईन् ।
त्यसपछि चौदण्डीगढी नगरपालिका ६ सातधारे स्थित उदयपुर कोभिड-१९ अस्पतालको आइशोलेशनमा उपचारको लागि लगिएको थियो । विरामीको अवस्था गम्भिर देखिएपछि उदयपुर कोभिड-१९ अस्पतालले भर्ना लिन नमानेपछि पुनः घर फर्काएर लिएर आएको थियो ।
मंसिर ५ गते स्वासप्रश्वासमा समस्या भएपछि थप उपचारको लागि कोशी अस्पताल लगिएको थियो तर त्यहा फेरी पनि बेड खाली नभएको भन्दै फर्काएका थिए । त्यसपछि म्याक्स अस्पतालमा बेड भर्ना गरेका थिए । उनको उपचारको क्रममा आइतबार मृत्यु भएको छ । उनका दिदीका अनुसार मर्ने दिनसम्म रक्तश्राव नरोकिएको बताईन् । मृतक महिलाको दाह संस्कार नेपाली सेना रण शार्दुल गण बोक्सेको टोलीले त्रियुगा नदीमा गरेको छ ।
मृतकको श्रीमान बैदेशिक रोजगार कतारबाट मंसिर ५ गतेमात्रै घर आई पुगेका छन् । उनको माइती मगर हुन भने विवाह तामाङ्गसँग भएका थिए ।









